कारोबार


तारा र यतिले नयाँ विमान ल्याउने

तारा र यतिले नयाँ विमान ल्याउने

नेपालखबर
माघ ७, २०७६ मंगलबार १२:३,

तारा एयर र यति एयरलाइन्सले नयाँ जहाज ल्याउने भएका छन्। यति एयरलाइन्सले एटीआर ७२ र ताराले ट्विन अटर विमान ल्याउनलागेका हुन्।

यति ग्रुपका भीमराज राईले तारा एयरले जहाज खरिद प्रक्रियामा गइसकेको र यतिले पनि छिट्टै ल्याउने योजना रहेको बताए। यति र तारा यति ग्रुपअन्तर्गत सञ्चालित कम्पनी हुन्।

उनले जुन ठाउँमा यात्रुको माग बढी हुन्छ, त्यो ठाउँमा जहाज थप गर्ने बताए।

राईले आन्तरिक उडानलाई अझ मजबुत बनाई सेवामुखी एयरलाइन्स बनाउँदै जाने बताए ।

यति एयरलाइन्सले काठमाडौं, भैरहवा, पोखरा, जनकपुर, भरतपुर, नेपालगञ्ज, तुम्लिङ्टार, भद्रपुर, विराटनगरमा उडान भर्दै आएको छ ।

त्यस्तै तारा एयरले नेपालको दुर्गम भागमा उडान गर्ने गर्छ । जसमा लुक्ला, सिमिकोट, जोमसोम, डोल्पा, लामीडाँडा, ताप्लेजुङ लगायतको क्षेत्रमा उडान भर्दै आएको छ।

ताराले हाल ४ वटा ट्विनअटर र २ वटा डोर्नियरमार्फत उडान भर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad