ad ad

राजनीति


भोलिदेखि संसद् खुल्ने आशा छ : प्रधानमन्त्री

भोलिदेखि संसद् खुल्ने आशा छ : प्रधानमन्त्री

नेपालखबर
भदौ २, २०८० शनिबार ११:८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसद्को अवरोध आशा व्यक्त गरेका छन्। 

शनिबार नेता रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सो आशा व्यक्त प्रकट गरेका हुन्। 

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले संसद् गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको र आज पनि यस विषयमा पहल गर्ने बताए। 

उनले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् बैठक सञ्चालन हुनेमा आशावादी रहेको बताए। 

‘हामीले निरन्तर पहल गर्दै आएको तपाईंहरूलाई थाहा छँदै छ। हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उहाँ आउनु भयो र उहाँसँग कुरा भएको छ’, उनले भने, ‘आज बेलुकासम्म हामी प्रयास बढाउँदै छौँ। आशा छ– भोलि सदन खुल्छ।’

६० किलो सुन तस्करी प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने अडान लिँदै एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गरिरहेको छ।  अहिले यो प्रकरण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .