ad ad

समाज


फेसबुकमा भावुक स्टाटस लेखेका वडाध्यक्ष जंगलमा मृत भेटिए

फेसबुकमा भावुक स्टाटस लेखेका वडाध्यक्ष जंगलमा मृत भेटिए

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ २, २०८० शनिबार ११:१३, काठमाडौँ

फेसबुकमा भावुक स्टाटस लेखेका गुल्मीको मुसिकोट नगरपालिका- १ आलचौरका वडाध्यक्ष मोहन घिमिरे स्थानीय जंगलमा मृत फेला परेका छन्।

शनिबार बिहान ६:१५ बजे फेसबुकमा भावुक स्टाटस पोष्ट गरेको करिब डेढ घण्टापछि घिमिरेलाई स्थानीय जंगलमा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एसपी नवीन किशोर प्रधानले जानकारी दिए। 

‘आजै बिहान उहाँले फेसबुकमा भावुक स्टाटस लेख्नु भएको रहेछ,’ एसपी प्रधानले नेपालखबरसँग भने, ‘उहाँले फेसबुकमा ६:१५ वजे स्टाटस पोष्ट गर्नु भएको देखिन्छ। ७:५० बजे हामीले उहाँको शव स्थानीय जंगलमा फेला पारेका हौँ।’

शनिबार बिहान मुसिकोट नगरपालिका १ मा अवस्थित झाँक्रीथान घम्पुङको जंगलमा रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला पारिएको प्रधानले जानकारी दिए। 

‘परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ नहुँदो रहेनछ। प्रिय अनितास् साथ निभाउन सकिँन। मलाई माफ गरे।  घर परिवार, साथीभाइ शुभ चिन्तक सबैसँग माफी चाहन्छु। अलबिदा,’ घिमिरेले फेसबुकमा लेखेका छन्। 

नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहेका ४५ वर्षीय घिमिरे शुक्रबार दिउँसो घरबाट निस्केका थिए। गएराति उनी भिनाजु नाता पर्ने स्थानीय चुडामणि पैयानीको घरमा बास बसेको पाइएको छ। 

‘उनी भिनाजुसँग बिदा मागेर राति २ बजे नै त्यहाँबाट निस्केका रहेछन्,’ एसपी प्रधानले भने, ‘उहाँले फेसबुकमा स्टाटस लेखेपछि परिवारका सदस्य र प्रहरीले खोजतलास गर्ने क्रममा शव फेला परेको हो।’

घिमिरेका बुवा, श्रीमती र एक छोरी छन्। उनले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी प्रधानले बताए। 

घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट इन्सपेक्टर किरण सापकोटा घटनास्थलमा पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .