ad ad

राजनीति


एमालेले बनायो सार्वजनिक कार्यक्रमका ५ बुँदे मापदण्ड

अब कार्यक्रमस्थलमा पार्टी अध्यक्षको मात्रै फोटो राखिने
एमालेले बनायो सार्वजनिक कार्यक्रमका ५ बुँदे मापदण्ड

फाइल तस्बिर


नेपालखबर
साउन ३२, २०८० बिहिबार ११:५९, काठमाडौँ

नेकपा एमाले आफ्ना सार्वजनिक कार्यक्रमका लागि ५ बुँदे मापदण्ड बनाएको छ।

गत सोमबार बसेको सचिवालय बैठकबाट उक्त मापदण्ड तय गरिएको हो। 

बुधबार एमालेको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको सार्वजनिक कार्यक्रम व्यवस्थापनसम्बन्धी निर्णय सार्वजनिक गरेका हुन्। 

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार अब कुनै पनि कार्यक्रममा अतिथि र सहभागीहरु एकै स्थानमा अर्थात दर्शक दीर्घामा बस्नेछन्। 

ओलीले यो कुराको बुधबार उद्घोष गर्दा उद्यमी, व्यवसायी र आमन्त्रित व्यक्तिहरुले ताली बजाएर स्वागत गरेका थिए। 

यी हुन ५ निर्णय
१. कार्यक्रमको गरिमा र मर्यादा बढाउन पार्टी तथा जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने।

२. मञ्चको प्रयोग वक्ताले मात्र गर्ने।

३. अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने।

४. कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने।

५. कार्यक्रममा ब्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .