नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालसँग भेट गरेका छन्। सोमबार रिसालको घरमै पुगेर भेट्दै ओलीले रिसाललाई जन्मदिनको शुभकामना पनि दिएको बताएका छन्।
‘त्यतिखेर अहिलेजस्तो सोसल मिडिया थिएन। समाचार खोज्न र प्रकाशन गर्न कठिनाइ थियो,’ उनले भनेका छन्, ‘भर्खरै सञ्चार माध्यमको विकास हुँदै थियो। पत्रकार भैरव रिसालले राणा शासन ढलेर भर्खर प्रजातन्त्र आएको बेलादेखि पत्रकारिता गर्नु भयो। आज उहाँको घर पुगेर ९६ औं जन्मदिनको शुभकामना दिने अवसर मिल्यो।’
साथै, रिसालले लिपुलेक कालापानी क्षेत्रको जनगणनाबारे पनि कुराकानी भएको ओलीले बताएका छन्।
‘केही हाँसो ठट्टा र केही पुराना कुराहरु पनि सम्झना गरियो । उहिल्यै लिपुलेक कालापानी क्षेत्रमा उहाँ जनगणना टोलीमा पनि सामेल हुनुहुन्थ्यो। उहाँको सुस्वास्थ्य र खुशीको कामना गर्दछु,’ ओलीले भनेका छन्।

Shares

प्रतिक्रिया