ad ad

समाज


बालुवाटार जग्गा प्रकरण : पूर्व मुख्यसचिव पौडेलसँग सीआईबीले लियो बयान

बालुवाटार जग्गा प्रकरण : पूर्व मुख्यसचिव पौडेलसँग सीआईबीले लियो बयान

नेपालखबर
साउन २९, २०८० सोमबार २०:५८, काठमाडौँ

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व मुख्य सचिव लिलामणि पौडेलसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको छ।

आइतबार पौडेल बयान दिनका लागि सीआईबीको कार्यालय महाराजगन्ज पुगेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। 

‘हामीले अनुसन्धान गरिरहेको बालुवाटारको जग्गा सम्बन्धि मुद्दामा उहाँसँग सोधपुछ गर्यौं। कार्यालय समयमा उहाँ उपस्थित हुनु भयो र दिनभरी सोधपुछ गरेपछि बेलुका फर्किनुभयो’, सीआईबीका एक अधिकृतले भने। 

पूर्व राजदूतसमेत रहेका पौडेल २०६९ साउन २२ गतेदेखि २०७२ साउन २१ गतेसम्म मुख्यसचिव थिए। 

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ असोज १८ को मन्त्रिपरिषद् बैठकले बालुवाटार जग्गा प्रकरणसम्बन्धि निर्णय भएको थियो।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ असोज १८ को मन्त्रिपरिषद् बैठकले बालुवाटार जग्गा प्रकरणसम्बन्धि निर्णय भएको थियो। तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारी र मन्त्री विजयकुमार गच्छदार थिए। 

बालुवाटार जग्गा प्रकरणमा सीआईबीले उच्च तहलाई अनुसन्धानको दायरामा नल्याई अनुसन्धानको फायल पठाउने तयारी गरेको थियो। तर गत साता सर्वोच्च अदालतले निर्णय प्रक्रियामा सामेल उच्च तहसम्म पुग्न आदेश दिएपछि सीआईबीले पूर्वमन्त्रीहरुविरुद्ध पक्राउ अनुमति लिएको छ। 

लगत्तै सीआईबीले उच्च तहका कर्मचारीलाई पनि बोलाएर सोधपुछ गर्न थालेको हो।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले भने, ‘अनुसन्धान भइरहेको छ। अनुसन्धानको क्रममा आवश्यक प्रमाण जुटाउने र संलग्न व्यक्तिहरुसँग सोधपुछ गर्ने काम भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .