ad ad

राजनीति


संसद्‌मा रविको प्रश्न– तीन नेता मिलेर रातारात किन बार्गेनिङ नगरेको?

सभामुखबाट संसद् बैठक चल्ने समयबारे रुलिङ गर्न माग
संसद्‌मा रविको प्रश्न– तीन नेता मिलेर रातारात किन बार्गेनिङ नगरेको?

नेपालखबर
साउन २३, २०८० मंगलबार १६:५५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् बैठक चल्ने समय कुनै अमुक दलका नेताहरूको कुरा मिल्ने र नमिल्नेमा सीमित भएको भन्दै आपत्ति जनाएका छन्। 

मंगलबार संसद्मा आकस्मिक समय लिएर बोल्दै उनले तीन जना शीर्ष नेताहरू बसेर जनताका जनप्रतिनिधिको समयमाथि खेलवाड गर्दै संसद् बन्धक बनाएको आरोप लगाए। 

‘सदन चल्ने समय एउटा हो भनिसकेपछि त्यो सदन समयमा चल्नुअघि चाहे रात परोस् चाहे बिहान होस्, देखिएका आवश्यक पर्ने दलका नेताहरु अगाडि नै बैठक बसेर सभामुखज्यूमार्फत आएको सदन चल्ने समयमा किन चल्दैन?,’ सभापति लामिछानेले प्रश्न गर्दै भने।

प्रत्येक दिन सदनमा जनतका प्रतिनिधिहरु आएर घडि हेरेर सदन कहिले खुल्छ भनेर बसिरहेको उनले बताए। 

‘तीन जना नेताहरु मिलेर सल्लाह गर्नुपर्ने भए, संसदको समय कहिले सुरु हुन्छ भनेर समय जारी भइसकेपछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुरा मिल्ने, मिल्नुपर्ने कुरा मिलाउने पहिल्यै किन हुँदैन?,’ सांसद् समेत रहेका लामिछानेले भने, ‘हाम्रो आरोपअनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सकिँदैन? सदन चल्ने बेलामा नै किन गरिन्छ?

साथै, उनले सभामुखबाट संसद् चल्ने सूचना टाँस भइसकेपछि सदनमा घन्टी बज्नुपर्नेबारे रुलिङ हुनुपर्ने बताए। 

‘हामीलाई आशंका छ, केही दलका केही नेताहरु बसेर यतिका जनप्रतिनिधिका तर्फबाट आफूले निर्णय गरेर संसदलाई बन्धक बनाउन पाइँदैन। आज सभामुखबाट रुलिङ होस् संसद बस्छ भनेर सूचना टाँसिएपछि सदनमा घन्टी बज्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .