ad ad

राजनीति


संसद्‍मा पुग्यो तामाङ समुदायमाथि दमनको विषय

संसद्‍मा पुग्यो तामाङ समुदायमाथि दमनको विषय

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८० मंगलबार १६:५८, काठमाडौँ

गत साउन १७ गते प्रदर्शनमा उत्रिएका तामाङ समुदायमाथि काठमाडौं जिल्ला प्रहरी परिसरमा भएको दमनको विषयले संसद्‍मा प्रवेश पाएको छ।

विवादित अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे 'शीतल' को विरोधमा प्रदर्शनमा उत्रिएका तामाङ समुदायमाथि प्रहरीले दमन र धरपकड गर्दा कयौँ घाइते भएका थिए। 

प्राइम टेलिभिजनबाट प्रसारित एक कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगर जातिमा दाजु-बहिनीबीच विवाह हुने भएकाले आनुवांशिक रूपमै ती जातिहरू अपराधी हुने भनेर दिएको आपत्तिजनक भनाइविरुद्ध उनीहरु आन्दोलित भएका थिए। 

आन्दोलनका क्रममा प्रहरीले दमन गर्दा कयौँ घाइते हुदाँ ३ दर्जनभन्दा बढी पक्राउ परेका थिए। त्यसयता तामाङ
समुदाय आन्दोलित छन्। 

यसबीचमा मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तामाङ समुदायमाथि भएको दमनबारेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रश्न उठाएका छन्। 

उनले संसद् नचलेकाले समयमै यो विषयमा कुरा उठाउन नपाएको बताउँदै ढिलै भए पनि यसबारे गृहमन्त्रीको ध्यानाकर्षण हुनुपर्ने बताए।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तामाङ समुदायमाथि बर्बर दमन भएको भन्दै यसबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने पनि बताएका छन्।

आफूहरूको अपमान भएको गुनासोसहित आन्दोलित तामाङ समुदायमाथिको दमनले राज्यसंयन्त्रको कार्यशैलीमा पनि प्रश्न उठाएको उनले बताएका छन्। 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनमा उत्रिएका जनजाति समुदायमाथि प्रहरीले पक्राउ गरेर पनि कुटपिट गरेको भन्दै आपत्ति जनाए।

उनले शान्तिपूर्ण प्रदर्शनमा भएको दमनको निन्दा गर्दै सरकारको रवैयाको आलोचना गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .