राजनीति


‘विगतको सरकारले परराष्ट्र सम्बन्धलाई असन्तुलित बनाएकोमा अहिले सन्तुलित छ’

‘विगतको सरकारले परराष्ट्र सम्बन्धलाई असन्तुलित बनाएकोमा अहिले सन्तुलित छ’

नेपालखबर
साउन २१, २०८० आइतबार १४:१९, काठमाडौँ

परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडी बढाएको बताएका छन्।

आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको बताए।

परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको पनि उनले बताए। उनले विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको पनि बताए। मन्त्री साउदले पार्टीहरुको परराष्ट्र नीति छुट्टाछुट्टै नबनाई सबैको सहमतिको नीति हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘अहिलेको अवस्थामा सरकारले जनताको सेवालाई आफ्नो नीतिको केन्द्रमा राखेको छ। सुशासनलाई सरकारले केन्द्रमा राखेको छ। परराष्ट्र नीतिको सम्बन्धमा पनि हामी स्पष्ट छौँ, विगतका सरकारले परराष्ट्र सम्बन्धलाई वैचारिक र मनोवैज्ञानिक आधार दिएर कतिपय देशसँगको सम्बन्ध जुन सुमधुर हुनुपर्ने थियो। त्यो सुमधुरतामा असन्तुलन आएको बिचमा महशुस भएको थियो। यो सरकार गठन भएपछि कतिपय विगतको सरकारले पनि यसमा मेहनत गरेको छ, परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउने, राष्ट्रिय एकतालाई मजबुद गर्ने गरेर यो सम्बन्धलाई अगाडि बढाउने र अन्तर्राष्ट्रिय सम्बन्धलाई परस्पर लाभका आधारमा पनि सम्बन्धलाई विकास गर्ने गरेर सरकारले अगाडि बढिराखेको छ।’

उनले सरकारले बायोमेट्रिक लगायतका कामहरु सरकारको एक कार्यालयमा गरेपछि पुग्ने व्यवस्थाका लागि छलफल गरिरहेको बताए। उनले सरकारी कार्यालयपिच्छे बायोमेट्रिक गर्नुपर्ने अवस्थाले आर्थिक र समय धेरै लाग्ने गरेको भन्दै यसको अन्त्य गर्नका लागि आफू लागिपरेको बताए। मन्त्री साउदले पासपोर्टमा भने सहजीकरणका लागि आफुले निर्देशन दिइसकेको बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चिन भ्रमण सेप्टेम्बरको तेस्रो चौथो हप्तातिर गर्नेगरी तयारी गरिरहेको बताए। उनले छिमेकी देशहरुका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युपियन युनियनहरुसँगको मित्रवत् सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad