आफूलाई छाडेर भारतबाट पाकिस्तान भागेकी आफ्नी पत्नी अञ्जु र उनलाई विवाह गर्ने नसरुल्लाहविरुद्ध अरविन्द कुमारले एफआईआर दर्ता गराएका छन्।
आफ्नो बदनाम गरेको, सम्बन्धविच्छेद नगरी दोस्रो विवाह गरेको र आफ्नो ज्यान खतरा रहेको भन्दै अञ्जुका श्रीमान् अरविन्दले भारतस्थित राजस्थानअन्तर्गत भिवाडीको फुलबाग पुलिस स्टेसनमा एफआईआर दर्ता गराएका हुन्।
भिवाडीका डीएसपी सुजित शंकरले बीबीसी हिन्दीसँग भनेका छन्, ‘अञ्जुका श्रीमान् अरविन्द कुमारले अगस्ट ४ मा प्रहरी स्टेसनमा उजुरी दिएका छन्, जसका आधारमा आईपीसीको धारा ३६६, ४९४, ५००, ५०६ अन्तर्गत एफआईआर दर्ता गरिएको छ। आईटी ऐनको 66A अन्तर्गत एफआईआर दर्ता गरिएको छ।’
डीएसपी सुजितले भने, ‘अरविन्दले अञ्जुले सम्बन्धविच्छेद नगरी पाकिस्तानमा दोस्रो विवाह गरेको उजुरीमा उल्लेख गरेका छन्। साथै अञ्जुले फोनमा धम्की दिएर भारत आएपछि आफ्ना छोराछोरीलाई पाकिस्तान लाने भनेकी छन्। नसरुल्लाहबाट ज्यानको खतरा रहेको उल्लेख गरेका छन्। यी सबै आरोपमा सम्बन्धित धाराहरू लगाइएको छ।’
बीबीसी हिन्दीसँग एफआईआरको प्रतिलिपि छ। एफआईआरमा अरविन्दले लेखेका छन्, ‘नसरुल्लाहले सामाजिक सञ्जालमार्फत अञ्जुलाई पाकिस्तान बोलाए। र, गैरकानुनी रूपमा दोस्रो विवाह गरे। यसले देशविदेशमा मेरो बदनाम भएको छ।’
एफआईआरमा उनले अञ्जले पाकिस्तानबाटै छोरीको फोनमा ह्वाट्सएप कल गरेर ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन्। उनले लेखेका छन्, ‘अञ्जु र नसरुल्लाहबाट बच्चाहरू र मेरो जीवनमा खतरामा छ।’
एफआईआरमा अञ्जु र नसरुल्लाहलाई भारत आउनासाथ गिरफ्तार गरी कानुनी कारबाही गर्न माग गरिएको छ।
Shares

प्रतिक्रिया