ad ad

राजनीति


सुन प्रकरणमा प्रहरीले महरालाई सोधपुछ गरेन, मिडिया ट्रायल गर्‍यो : लामिछाने

सुन प्रकरणमा प्रहरीले महरालाई सोधपुछ गरेन, मिडिया ट्रायल गर्‍यो : लामिछाने

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछाने (तस्बिर : रासस)


नेपालखबर
साउन १९, २०८० शुक्रबार १८:१७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम भेपमा सुन ल्याइएको प्रकरणमा जोडिएपनि प्रहरीले सामान्य सोधपुछ गर्ने आँट समेत नदेखाएको बताएका छन्। 

महरामाथि अनुसन्धान नभएको गुनासो गर्दै शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले प्रहरीले मिडिया ट्रायल गरेको दाबी गरे। 

‘उहाँ निर्दोष हो भने उहाँलाई पनि त आफू निर्दोष हुँ भन्ने ग्राउण्ड त अनुसन्धानले नै देला। मोबाइल उहाँको होइन भन्दिएपछि यदी त्यो मोबाइल उहाँको हो रहेछ भने त भएका कुराकानी, सयौँ पटक भएको कम्युनिकेशन, कुराकानीको स्वामित्व त फोन जसको हो उसले त लिनुपर्ला,’ सभापति लामिछानेले भने, ‘मैले चलाएको मेरो टेलिफोन नम्बर मेरो हो कि होइन भन्ने कुराको अनुसन्धान गर्न पनि यतिधेरै टाउको दुखाउनुपर्छ र? अनुसन्धान कसले गर्ने?’

अहिलेको समस्या प्रहरीले मिडिया ट्रायल गरेको उनले दाबी गरे। 

‘अहिले समस्या के भइरहेको छ भने प्रहरीलाई गाह्रो भयो प्रहरीले मिडिया ट्रायल गरिदिएको छ। सामान्य सोधपुछ समेत गर्नसक्ने आँट देखिँदैन,’ लामिछानेले भने, ‘यो त उहाँलाई पनि निर्दोष प्रमाणित हुने अवसर त दिनुपर्ला नि जो माथि आरोप लागेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .