जनमत पार्टीले संघ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ।
पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा.सिके राउतले वर्तमान सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेका पार्टी प्रवक्ता डा.शरद सिंह यादवले जानकारी दिए।
बैठकले पार्टी संगठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अभियान अगाडि बढाउने निर्णय गरेको छ।
पार्टीले शुक्रबार स्थानीय जनप्रतिनिधिसम्मिलत पार्टी समन्वय बैठक बोलाएको छ। बैठकमा वडाध्यक्ष, नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहने प्रवक्ता सिंहले जानकारी दिए। रासस
21
Shares
प्रतिक्रिया