ad ad

ग्लोबल


मेक्सिकोमा बस खस्दा १८ जनाको मृत्यु

मेक्सिकोमा बस खस्दा १८ जनाको मृत्यु

नेपालखबर
साउन १९, २०८० शुक्रबार १२:३६, काठमाडौँ

मेक्सिकोमा बस १३१ फिट गहिरो खाडलमा खस्दा १८ जनाको मृत्यु भएको छ। यो दुर्घटना बिहीबार न्यारितमा भएको हो। 

समाचार एजेन्सी रोयटर्सका अनुसार बसमा जम्मा ४२ जना यात्रु थिए। बसमा भारत र अफ्रिकी देशका नागरिक पनि थिए।

बसमा अधिकांश यात्रु विदेशी रहेको र केही अमेरिकी सीमातर्फ गइरहेको अधिकारीहरूले बताएका छन्।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकले तीव्र गतिमा बस चलाएको प्रहरीको अनुमान छ।

रोयटर्सको भिडिओमा एम्बुलेन्स घटनास्थल पुगेको र उद्धार कार्य जारी रहेको देख्न सकिन्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .