ad ad

राजनीति


माओवादी बैठकमा प्रचण्डलाई सुझाव : ०४६ यताका उच्चपदस्थ कर्मचारी र नेताको सम्पत्ति छानबिन थाल्नुस्

माओवादी बैठकमा प्रचण्डलाई सुझाव : ०४६ यताका उच्चपदस्थ कर्मचारी र नेताको सम्पत्ति छानबिन थाल्नुस्

माओवादी बैठकका क्रममा प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
साउन १८, २०८० बिहिबार १७:२८, काठमाडौँ

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा नेताहरुले प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भ्रष्टाचारविरुद्ध अझै निर्मम बन्न सुझाएका छन्। 

दोस्रो दिनको बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेले एउटा शक्तिशाली समिति बनाएर ०४६ यता सत्ता र उच्च पदमा पुगेका नेतादेखि कर्मचारीसम्मको सम्पत्ति खोज्न प्रचण्डलाई आग्रह गरेका हुन्। 

‘अध्यक्षको सुशासन अभियानलाई हाम्रो दह्रो साथ रहनेछ। यसमा अझै निर्मम बन्नुहोस्’, उनले भने, ‘यो काम प्रचण्ड र नारायणकाजीले मात्रै गर्न सक्छन् भन्ने जनतामा परेको छ।’ 

उनले देशको भ्रष्टाचार घटाउन शक्तिशाली समिति चाहिने पनि सुझाए। ‘अधिकारसम्पन्न छानबिन समिति बनाएर ०४६ सालछाडिका सबै सुविधामा रहेका उच्च पदस्थ राजनीतिक नेताहरु र प्रशासकहरुको सम्पत्ति छानबिन गर्ने तयारी गर्नुहोस्’, घिमिरेले प्रचण्डलाई भने। 

उनले शक्तिशाली, एकीकृत र लडाकु कम्युनिष्ट पार्टी स्थापना गरेर मात्रै समाजवादी क्रान्ति सफल बनाउन सकिने कुरामा विश्वास गर्न पनि नेतृत्वलाई सुझाव दिएका छन्। 

‘समाजवादको लक्ष्य प्राप्त गर्नका लागि पार्टी ध्रुवीकरण आवश्यक छ। तर अवसर गुम्छ भनेर गुटबन्दी गर्ने, ध्रुवीकरण गर्न नदिने, नजिक आउन खोजेकाहरुलाई हतोत्साहित गर्ने हो भने कसरी लक्ष्य भेटाइन्छ त?’, उनले भने, ‘पार्टी नेतृत्वबारे अनेक कुरा बाहिर आएका छन्। बजारमा आएका कुरा हामीलाई स्वीकार्य छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .