ad ad

राजनीति


एमालेमा प्रवेश गरे माओवादी केन्द्रीय सदस्य वीरेन्द्र यादव

एमालेमा प्रवेश गरे माओवादी केन्द्रीय सदस्य वीरेन्द्र यादव

नेपालखबर
साउन १७, २०८० बुधबार १८:१३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्रप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन्।

एमाले केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित एक कार्यक्रममा यादवलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन्।

उनीसँगै माओवादीका प्रदेश समिति सदस्य सलाउदिन अहमद र कृष्ण मोहन प्रसाद यादव पनि एमालेमा प्रवेश गरेका छन्। उनीहरुसँगै माओवादीका जिल्ला सदस्य दिपेन्द्र चौधरी पनि एमालेमा प्रवेश गरेका छन्। 

तत्कालीन अवस्थामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र २०७९ साउन ६ गते माओवादीमा प्रवेश गरेका थिए। 

त्यसको ठ्याक्कै एक वर्षपछि यादवले माओवादी छाडेर एमालेको यात्रा थालेका हुन्।

यादवलाई त्यसबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मधेश मिसनका क्रममा पार्टीमा स्वागत गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .