राजनीति


विश्व वातावरण सुविधाको २० करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय
विश्व वातावरण सुविधाको २० करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

नेपालखबर
साउन १६, २०८० मंगलबार १९:५५, काठमाडौँ

सरकारले दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधकारहरुको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधाबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। 

मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो सहायता रकम स्वीकार गर्ने निर्णय गरेको हो। 

त्यस्तै, मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विज्ञापन नियमावली, २०८० स्वीकृत गर्ने निर्णय पनि भएको छ। 

त्यस्तै, विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad