ad ad

राजनीति


पछिल्लो सुन तस्करी छानबिनका लागि छुट्टै छानबिन समिति गठन गर्नुपर्छ : सांसद पौडेल

पछिल्लो सुन तस्करी छानबिनका लागि छुट्टै छानबिन समिति गठन गर्नुपर्छ : सांसद पौडेल

नेपालखबर
साउन १६, २०८० मंगलबार १७:३०, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पछिल्लो सुन तस्करी प्रकरण छानबिनका लागि छुट्टै छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

प्रमुख प्रतिपक्ष दल एमालेले सो प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई दबाब दिइरहेका बेला उनले पनि सो आवश्यक्ता औंल्याएका हुन्। 

‘राज्यले यसलाई गम्भिर विषय बनाउनुप¥यो नि। राज्यको जुन ढंगको गम्भिरता हुनुपर्ने हो, त्यो ढंगको गम्भिरता देखिएको छैन,’ उनले भने, ‘संसदमा छलफल हुनुपर्छ। छानबिन समिति बनाउनु पर्छ। त्यसको टेक्निकल कुरा पनि बुझेका मान्छेहरू राखेर छानविन समिति बनाउनु पर्छ।’

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सांसद पौडेलले सरकारले प्राविधिक पक्षलाई समेत ख्याल गरेर पूर्वन्यायाधिशको नेतृत्वमा समिति गठन गरी त्यसको निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने पनि बताए। 

उनले सो छानबिनलाई निर्मम ढंगले अघि बढाउन संसदले कडा निगरानी राख्नुपर्ने समेत बताए।

‘छानविन समिति निष्पक्ष हुनुपर्छ। मैले त पूर्व न्यायाधिशको नेतृत्वमा छानविन समिति बनाउने, त्यसलाई संसदले निगरानी गर्ने, सम्पूर्ण टेक्निकल पार्टलाई ख्याल गरेर यो सुन तस्करीको जुन पछिल्लो घटना आएको छ। यसको निर्मम ढंगबाट छानबिन गरिनुपर्छ,’ उनले भने।

सांसद पौडेललेसो प्रकरणको छानबिनको विषयलाई सरकारले गम्भिरतापूर्वक नलिएको आरोप समेत लगाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .