ad ad

राजनीति


धर्म परिवर्तन र जातीय आरक्षणले मणिपुरको जस्तै द्वन्द्व निम्तिन सक्छ : राजेन्द्र लिङ्देन

धर्म परिवर्तन र जातीय आरक्षणले मणिपुरको जस्तै द्वन्द्व निम्तिन सक्छ : राजेन्द्र लिङ्देन

फाइल तस्बिर


नेपालखबर
साउन ११, २०८० बिहिबार १२:१९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बढ्दो धर्म परिवर्तनका कारण नेपालमा पनि भारतको मणिपुर राज्यमा जस्तै जातीय द्वन्द्व निम्तिन सक्ने बताएका छन्। 

मणिपुरमा दुई जातीय समूहबीच दुई महिनादेखि चलेको हिंसात्मक आन्दोलनले ठूलो भौतिक र धनजनको क्षति भइरहँदा लिङ्देनले नेपालको पनि त्यस्तै दशा हुन सक्ने चेतावनी दिएका हुन्। 

उनले आफूले लामो समयदेखि धर्मनिरपेक्षताको आडमा भइरहेको धर्म परिवर्तन र जातीय आरक्षणविरुद्ध बोलिरहेको पनि बताएका छन्। 

‘मैले लामो समयदेखि अलोकप्रिय तर एउटा सत्य भन्दै आएको छु...’, उनले भनेका छन्, ‘नेपालमा धर्म निरपेक्षताको आडमा भइरहेको बढ्दो धर्मान्तरण र जातीय आरक्षण कुनै दिन भयानक द्वन्द्वको कारण बन्न सक्छ।’

उनले धर्म परिवर्तन र जातीय आरक्षणको मुद्दाले नै भारतको मणिपुरमा डरलाग्दो हिंसा भइरहेको बताएका छन्। मणिपुरको नियति आउन नदिन नेपालले बेलैमा ध्यान दिनुपर्ने पनि उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .