राजनीति


अल्पसंख्यकको विषयमा पाकिस्तानले भारतलाई भन्योः पहिले आफ्नो घर सम्हाल

अल्पसंख्यकको विषयमा पाकिस्तानले भारतलाई भन्योः पहिले आफ्नो घर सम्हाल

नेपालखबर
माघ ५, २०७६ आइतबार ७:७,

आफ्ना नागरिकसँग भएका केही घटनालाई भारतले गलत ढंगबाट प्रयोग गरेर त्यो विषय अल्पसंख्यकको अधिकारसँग जोडेको पाकिस्तानको अरोप छ।

पाकिस्तानको विदेशमन्त्रालयले एक बयान जारी गर्दै पहिले आफ्नो घर सम्हाल्न सुझाव दिएको हो।

हालै भारतले नागरिकता सम्बन्धी कानुन संसदबाट पारित गरेको छ। उक्त कानुनअनुसार गैरकानुनी रूपमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान छ।

यस कानुन पारित भएपछि त्यहाँ विरोध जारी छ। स्थानीयले विदेशबाट आएका आप्रवासीको चेपुवामा आफूहरु पर्ने बताइरहेका छन्। केहीले यो कानुन मुसलमान विरोधी भएको बताइरहेका छन्।

विरोध भइरहँदा भारतले यो कानुन पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट पीडित अल्पसंख्यक गैरमुस्लिमको हितको लागि भएको तर्क गरिरहेको छ।

यसबीचमा पाकिस्तानले सुरुमा आफ्नो घरको समस्या समाधान गरेर अन्य देशको अल्पसंख्यकको बारेमा सोच्न सुझाव दिएको हो।

पाकिस्तानले भारत भित्रै अल्पसंख्यकको हालत खराब भएको बताएको छ। भारत सरकारले संविधानको धारा ३७० हटाएर जम्मु कस्मिरलाई दिएको विशेषाधिकार हटाउने निर्णय नै अल्पसंख्यकको विरुद्धमा भएको बताएको छ।

पाकिस्तानले भारतको यस निर्णय सुरुवातदेखि नै विरोध गरिरहेको छ। मुस्लिम बाहुल क्षेत्र केन्द्र शासित बनाएर भारतले मुसलमान विस्थापित गर्न खोजेको पाकिस्तानको आरोप छ

पाकिस्तानले यो विषयमा बारम्बार राष्ट्रसंघको सुरक्षा परिषदमा उठाउँदै आएको छ। बीबीसीहिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad