राजनीति


सभामुखको टुंगो आजै लाग्छः झलनाथ खनाल

सभामुखको टुंगो आजै लाग्छः झलनाथ खनाल

नेपालखबर
माघ ५, २०७६ आइतबार ६:५६,

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आइतबार बस्ने सचिवालय बैठकले सभामुखको टुंगो लगाउने बताएका छन्। 

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान भएको छलफलपछि बोलाइएको सचिवालय बैठकमा सभामुख चयनको निर्णय हुने उनले बताए।

‘सचिवालय बैठक बोलाइएको छ,’ उनले नेपालखबरसँग भने, ‘आजको बैठकले सभामुख कसलाई बनाउने भनेर निर्णय गर्छ।’

यद्यपि अध्यक्षद्वयबीच सभामुखको नाममा सहमति भइसकेको वा बाँकी रहेको आफूलाई थाहा नभएको पनि उनले बताए।

‘सभामुख चयनका विषयमा अध्यक्षद्वयबीच सहमति जुटेको भए नाम अनुमोदन हुने र नगरेको भए सचिवालयकै सदस्यबाट नाम प्रस्ताव भएर पारित गरिन्छ,’ उनले भने।

उनले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामाको विषयमा समेत सचिवालयले निर्णय गर्ने जानकारी दिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad