राजनीति


अग्नि सापकोटालाई सभामुख बनाउन ओली र प्रचण्ड सहमत

अग्नि सापकोटालाई सभामुख बनाउन ओली र प्रचण्ड सहमत

नेपालखबर
माघ ५, २०७६ आइतबार ७:९,

सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने विषयमा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुटेको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्षद्वयको बैठकले उनको नाममा सहमति जुटाएको स्रोतले जनाएको छ।

बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ मा राजीनामा दिएपछि सो पद रिक्त थियो।

सभामुख उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र किचलो देखिएको थियो।

स्रोतका अनुसार अध्यक्षद्वयको बैठकमा ओलीले सभामुखको उम्मेदवारका विषयमा सहमति नजुटे संसदीय दलबाट टुंग्याऊँ भनेर प्रस्ताव गरेका थिए।

जवाफमा प्रचण्डले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पनि संसदीय दलबाटै निर्वाचनमार्फत टुंग्याउनुपर्ने प्रस्ताव राखेका थिए।

त्यसपछि सभामुखमा सापकोटाको नाममा ओलीले सहमति जनाएको स्रोतको दाबी छ।

आइतबार अपरान्ह ४ बजे बस्ने नेकपा सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad