ad ad

राजनीति


यी दुई मन्त्री, जसलाई गर्‍यो निर्वाचन आयोगले कारबाही

यी दुई मन्त्री, जसलाई गर्‍यो निर्वाचन आयोगले कारबाही

नेपालखबर
साउन ९, २०८० मंगलबार १८:२३, काठमाडौँ

निर्वाचन आयोगले बहालवाला दुई जना मन्त्रीलाई कारबाही गरेको छ। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नभएको भन्दै आयोगले मंगलबार २ हजार ४ सय ३५ उम्मेदवारलाई कारबाही गरेको छ। 

कारबाहीमा परेकामध्येको सूचीमा बहालवाला मन्त्रीहरू महिन्द्र राय यादव र नरायण प्रसाद साउद पनि रहेका छन्।

साउद परराष्ट्रमन्त्री हुन् भने यादव खानेपानी मन्त्रीको जिम्मेवारीमा छन्। आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलका अनुसार उनीहरूलाई १५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको छ। 

आयोगका अनुसार मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार भएर तोकेको समयभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्ने प्रतिनिधि सभातर्फका २३७४ जना र प्रदेश सभातर्फका ३१८८ जनासमेत जम्मा ५५६२ जना उम्मेदवारहरूलाई खर्च विवरण सार्वजनिक गर्न भनिएको थियो।

निर्वाचन (कसुर तथा सजाय-ऐन, २०७४ को दफा ३१ को उपदफा (२) बमोजिम गत वैशाख ६ गतेदेखि १२ गतेसम्म निर्वाचन खर्चको विवरण सार्वजनिक गरेको लिखित जानकारी आफू उम्मेदवार रहेको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गराउन निर्देशन आयोगले दिएको थियो। 

आयोगका अनुसार मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार भएर तोकेको समयभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्ने प्रतिनिधि सभातर्फका २३७४ जना र प्रदेश सभातर्फका ३१८८ जनासमेत जम्मा ५५६२ जना उम्मेदवारहरूलाई खर्च विवरण सार्वजनिक गर्न भनिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .