ad ad

राजनीति


सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको जरैसम्म अनुसन्धान गर्न सकने : राजेन्द्र पाण्डे

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको जरैसम्म अनुसन्धान गर्न सकने : राजेन्द्र पाण्डे

नेपालखबर
साउन ८, २०८० सोमबार १६:४२, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रक्रिया पूर्ण रुपमा गर्न नसकेको बताएका हुन्। 

उनले नक्कली भुटानी शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको बताए। उनले भ्रष्टाचार अहिले संघदेखि स्थानीय तहका वडा सदस्यसम्म फैलिएको पनि बताए। 

‘आज त्यो भुटानी शरणार्थी काण्ड कति ठूलो काण्ड भएर गयो, कहाँसम्म पुग्यो भन्दा बीचमा गएर जरा काटिएको छ, पल्ले छेउसम्म पुगेन, त्यसको खोजतलास पुगेको छैन। यस्ता काण्डलाई बन्देज गरी भ्रष्टाचारको जरैसम्म पुग्न जरुरी छ,’ उनले भने।

उनले अहिले को छ भ्रष्टाचारी नभइ को छैन भ्रष्टाचारी भनेर खोज्नुपर्ने स्थिति देखिएको बताए। अनियमतितामा सरकारले जरैसम्म पुगेर अनुसन्धान गरी दोषीउपर कारबाही गर्नुपर्ने पनि उनले बताए। 

‘हामी नै शासन सत्तामा आइसकेपछि फेरि सत्तासिन दलहरुबाट भ्रष्टाचारका घटनाहरु हुन थाले। संसदीय व्यवस्था सँगसँगै पँझेरो भित्रियो। सुविधाभोगी हुने प्रवृत्तिको विकास भयो। आज को छ भ्रष्टाचारी होइन, को छैन भ्रष्टाचारी भनेर खोज्नुपर्ने अवस्था आएको छ,’ पाण्डेले भने, छभ्रष्टाचार हिजो प्रधानमन्त्री, मन्त्रीको तहमा मात्रै हुन्थ्यो होला अब हाम्रो वडा सदस्यसम्म भ्रष्टाचार पुगेको छ। वडा अध्यक्षले योजना तोक्ने वडा अध्यक्षको सालोले डोजर किन्ने, बजारमा तीन हजार प्रतिघण्टाको डोजरलाई वडा अध्यक्षको सालोले ५१ सय लिने। यता घटना आज शुरु भएका छन्।’ 

उपाध्यक्ष पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने देशमा सुशासन कायम हुन नसक्ने बताए।

‘यो भ्रष्टाचारका गतिविधिलाई सचेतता पूर्वक नियन्त्रण गर्ने अभियान सञ्चालन गर्नुपर्छ। नक्कली भुटानी शरणार्थी काण्डको बारेमा संसदमा मैले नै पहिलो कुरा उठाएको हो। त्यो बेला प्रतिपक्ष दलका प्रमुख सचेतकले हाम्रा नेता टोपबहादुर रायमाझीलाई जघन्य अपराधी भन्न पाइँदैन भनेर प्रतिवाद गर्नुभएको थियो। अपराध गर्ने मान्छे अपराधको नजरमा सांसद मन्त्री जो भएपनि कारबाहीको दायरामा आउनुपर्छ भनेको थिएँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .