राजनीति


कांग्रेस बैठकमा खड्काले भने- राष्ट्रपति पाउने भएपछि प्रचण्डलाई विश्वासको मत दिएका थियौं

कांग्रेस बैठकमा खड्काले भने- राष्ट्रपति पाउने भएपछि प्रचण्डलाई विश्वासको मत दिएका थियौं

मंगलबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमित बैठकमा उपसभापति खड्का। तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन २, २०८० मंगलबार १७:३, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएवापत नेपाली कांग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गरेका छन्।

मंगलबारदेखि शुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उपप्रधानमन्त्री खड्काले नेपाली कांग्रेसले राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्री दाहाललाई पुस २६ गते विश्वासको मत दिइएको बताएका हुन्।

एमाले–माओवादी केन्द्र लगायतका दलहरूको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो।

विश्वासको मत दिनुपर्नाको कारण खुलाउँदै उपप्रधानमन्त्री खड्काले सो कुरा बताएका हुन्।

‘पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वलाई उहाँलाई विश्वासको मत दिने निर्णयमा पुग्यौँ। त्यही विश्वासको मत दिने विश्वासको वातावरण जुन बनाइएको थियो,’ उनले भने, ‘आज मैले भन्नुपर्छ, त्यो विश्वासको मत हामीले दिएपछि राष्ट्रपतिको निर्वाचनमा एउटा वातावरण बनाएर नेपाली कांग्रेसको उम्मेदवारको पक्षमा फर्कने वातावरण बनाउनका लागि वर्तमान प्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो एउटा तहमा। हाम्रो सभापतिको नेतृत्वमा विभिन्न चरणमा भएका वार्ताक्रममा भएको थियो। त्यही विश्वासको आधारमा हामीले विश्वासको मत दियौँ।’

यो पनि पढ्नुहोस्:

मंगलबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक (तस्बिर : सरोज नेपाल)

उनले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रधानमन्त्री दाहालले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने प्रतिवद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको स्पष्ट पारे। 

‘त्यही विश्वासको मतबाट पुस १० गते भत्किएको गठबन्धन पुनःस्थापित हुने राजनीतिक वातावरण बन्यो। त्यही वातावरण स्वरुप रामचन्द्र पौडेललाई राष्ट्रपतिको रुपमा निर्वाचित गर्‍यौँ,’ उनले भने।

कांग्रेसले विश्वासको मत दिएसँगै आफूहरूबीचको गठबन्धन पुनःस्थापित हुने वातावरण बनेको र अहिले काँग्रेस सरकारमा पुगेको उल्लेख गरे।

उपप्रधानमन्त्री खड्काले सरकारले जनतालाई उत्साहित र प्रेरित गर्नेखालको काम गर्नुपर्नेमा जोड दिए। उनले जनताको अपेक्षापनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै आफूहरूले हालसम्म कुनै गल्ती र कमजोरी नगरेको पनि बताए।

‘सरकारको कामबाट सकेसम्म जनतालाई प्रेरित गरेर जनतालाई उत्साहित गर्ने, जनतालाई नयाँ आशा र भरोसा दिलाउने कामका लागि हामीले अगाडी लाग्नु छ,’ खड्काले भने, छकहीँ यताउता गर्न सकेनौँ भने जनताप्रति नकारात्मक असर पर्ने जनता रिसाउने, मतदाता रिसाउने, पार्टी बचाएर जमिनमा बसेका कार्यकर्ता सदस्यहरू हामीसँग रिसाउने काम नभइदिओस् भन्ने आम अपेक्षा छ।’

उनले सरकारले गर्नुपर्ने कामको सम्बन्धमा केन्द्रिय समितिले ध्यानाकर्षण, सुझाव तथा निर्देशन दिने विश्वास पनि व्यक्त गरे।

‘जिल्लामा जाँदा त्यो खालको अनुभूति हुन्छ। म लगायत ९ जना साथीहरू सरकारमा छौँ। अहिलेसम्म जानेर नियतवश कुनै गल्ती कमजोरी गरेको जस्तो लाग्दैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad