राजनीति


पहिले हराइएका पूजा र ध्रुवलाई राखेर रास्वपाले जारी गर्‍यो केन्द्रीय सदस्यको अन्तिम सूची

पहिले हराइएका पूजा र ध्रुवलाई राखेर रास्वपाले जारी गर्‍यो केन्द्रीय सदस्यको अन्तिम सूची

रास्वपाकी नवनिर्वाचित केन्द्रीय सदस्य पूजा बास्तोला


नेपालखबर
असार १६, २०८३ मंगलबार ११:१६, काठमाडौँ

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यको अद्यावधिक सूची सार्वजनिक गरेको छ। 

यसअघि महाधिवेशनमा भएको निर्वाचनमा हराइएका पूजा बास्तोला र ध्रुव थापा मगरको नाम थपेर रास्वपाले केन्द्रीय सदस्यको अन्तिम नामावली जारी गरेको हो।

‘निर्वाचित हुनेको परिणाम घोषणामा भएको प्राविधिक त्रुटि सच्याउने सम्बन्धमा छलफल गर्दा प्रारम्भिक रूपमा प्रकाशन भएको केन्द्रीय सदस्य पदको निर्वाचनमा निर्वाचित भएका सदस्यमध्ये पहिलो नतिजा प्रकाशन गर्दा महाधिवेशन निर्वाचन कार्यविधि-२०८३ अनुसार जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठ निर्वाचित भएकोमा मत परिणाम तथा उम्मेदवारी दर्ता गर्दा पेस गरिएको कागजपत्र तथा प्रमाण अध्ययन गर्दा ध्रुवकुमार थापा मगर निर्वाचित भएको देखिएकाले निज ध्रुवकुमार थापा मगरलाई निर्वाचित भएको निर्णय गर्ने निर्णय गरियो’, रास्वपाको केन्द्रीय निर्वाचन आयोगले भनेको छ, ‘त्यसैगरी प्रादेशिक (भूगोलतर्फ) भएको मतदानमा गण्डकी प्रदेशको मत परिणाममा पूजा बास्तोला निर्वाचित हुनुपर्नेमा सोम शर्मा हुन गएकोले प्राप्त मत परिणामको आवश्यक अध्ययन गरी पूजा बास्तोलालाई गण्डकी प्रदेश, प्रादेशिक (भूगोल) तर्फ निर्वाचित घोषणा गर्ने निर्णय गरियो।’

हेर्नुहोस् अद्यावधिक सूची

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad