राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदहरूले उठेर विरोध जनाएपछि स्थगित भएको हो। आजै १५ मिनेटपछि बस्नेगरी सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुनमन्त्री धनराज गुरुङले प्रतिनिधिसभामा पेस गरेपछि रास्वपा सांसदहरुले उठेर विरोध गरेका हुन्।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उक्त विधेयकको प्रस्ताव पेशको विषय सभामुखले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै आपत्ति जनाएका हुन्।
‘विधेयक २०८० माथि छलफल गरिरहँदा त्यो प्रस्ताव पेशको निर्णयार्थ सम्माननीय सभामुख महोदयबाट प्रस्तुत भएन,’ रास्वपा सचेतक सन्तोष परियारले भने, ‘त्यसो नहुँदाखेरि हामी जुन विधिमा थियौं, त्यो विधिमा हामी जान पाएनौं, त्यो निर्णयार्थ प्रस्तुत गरेपछि हो।’
Shares

प्रतिक्रिया