नेपाली कांग्रेसका कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले आन्दोलनरत सहकारीकर्मीहरूको माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री शर्माले सहकारीकर्मीहरू आन्दोलनरत भएको भन्दै उनीहरूको माग सम्बोधन गर्न सरकार समक्ष माग राखेका हुन्। ।
‘सहकारीकर्मीहरू आन्दोलनमा छन्। र केही सहकारीको कमजोरीको कारण देशका सयौँ सहकारीहरू आलोचित पनि भएका छन्। सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने, सहकारीकर्मीहरु सँग सम्वाद गरेर, माग पूरा गरेर सम्बोधन गर्न म आग्रह गर्दछु,’ उनले भने।
उनले केही सहकारीका कारण देशभरका सयौँ सहकारीहरु आलोचित भइरहेको भन्दै सहकारीको नियमन गर्नुपर्ने बताए। उनले श्रमिकको न्यूनतम ज्याला अभिवृद्धि गर्ने तर्फपनि सरकारको ध्यानाकर्षण गराए।
‘हरेक दुई वर्षमा नेपाली श्रमिकहरुको न्युनतम ज्याला तोकिने व्यवस्था छ। भोली साउन १ गतेदेखि तोकिनुपर्नेमा १५ हजार न्युनतम ज्यालालाई अभिवृद्धि गर्ने सन्दर्भमा सरकार, रोजगारदाता र श्रमिकहरुको प्रतिनिधिको बिचमा सम्वाद गरेर टुंगो पु¥याउनुपर्नेमा सरकारले टुंगो गरेको छैन,’ उनले भने।
Shares

प्रतिक्रिया