ad ad

राजनीति


‘प्रचण्ड, देउवा र महतको जिल्लामा गएको बजेट सच्चिएर आयो?’

‘प्रचण्ड, देउवा र महतको जिल्लामा गएको बजेट सच्चिएर आयो?’

नेपालखबर
असार २६, २०८० मंगलबार १३:४९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा गएको बजेटबारे प्रश्न गरेकी छन्।

मंगलबारको राष्ट्रिय सभा बैठकमा उनले तीन नेताको जिल्लामा गएको बजेट सच्चिएर आएको हो वा होइन भन्दै प्रश्न गरिन्।

उनले तीन जिल्ल्लामा गएको बजेट सच्चिएर नआएसम्म आगामी आर्थिक वर्षको बजेट सन्तुलित नहुने बताइन्। उनले अहिलेको बजेट आशावादी नरहेको र आवश्यकता अनुसार नआएको दाबी गरिन्। उनले अहिलेको बजेट निर्वाचन क्षेत्र केन्द्रित रहेको र अर्को पटक आफैँलाई चुनाव जित्ने र मन्त्री बन्ने दाउमा मात्रै आएकाले बजेटबाट आशा गर्न नसकिने बताइन्।

‘अहिले हामीले बजेट हेर्ने हो भने त्यो आशावादी बन्नसक्ने अवस्था छैन। अहिले पनि बजेट सन्तुलित छैन, व्यवहारिक छैन, केन्द्रिकृत छ, आत्मकेन्द्रित छ, अहिले पनि यो बजेट निर्वाचन क्षेत्रलाई जोगाउने र फेरि मन्त्री, सांसद हुने सपना बोक्ने किसिमको मात्रै छ,' उनले भनिन्, 'जनताको लागि भन्दा पनि आत्मकेन्द्रित हुने नै बजेट छ। हामीले पहुँचका आधारमा नभइ आवश्यकताका आधारमा बजेट विनियोजन होस् भनेका छौँ, तर तीन जिल्लाको कुरा मात्रै आए, सच्चिएर आयो कि आएन? प्रधानमन्त्री, निवर्तमान प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा गएको बजेट सच्चिएर आयो कि आएन?'

यसै कारण पनि बजेट सन्तुलित नभएको र यो बजेटले अहिलेको आवश्यकतालाई पूर्ति गर्न नसक्ने उनले बताइन्।

उनले जनताको अवस्था सरकार, नागरिक, किसान वा विदेशी कसले सोध्ने हो भन्दै प्रश्न गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .