धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङले केन्द्र सरकारसँग स्वशासनको अधिकार मागेका छन्।
उनले बजेटमा धरानलाई अन्य पालिकाभन्दा विशेष प्राथमिकता दिनुपर्ने बताए। प्राथमिकता दिन नसके स्वशासन दिन माग उनले गरे। शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले धरान आफ्नै छुट्टै कानुन बनाएर जाने चेतावनी दिएका छन्।
'केन्द्र सरकारले धरानलाई विशेष प्राथामिकतामा राखेर बजेट पार्नु पर्छ नत्र स्वयत्तता दिँदा हुन्छ,' उनले भनेका छन्, 'कसैको आश नगरी आफ्नो कानुन आफै बनाएर बढ्न सक्छ धरान।'
315
Shares

प्रतिक्रिया