ad ad

राजनीति


सिजनमै किसानलाई मल दिन नसके सरकारले न्याय दिएको ठहरिँदैन : सांसद कार्की

सिजनमै किसानलाई मल दिन नसके सरकारले न्याय दिएको ठहरिँदैन : सांसद कार्की

अर्थ समितिमा बोल्दै सांसद कार्की (तस्बिर : रासस)


नेपालखबर
असार २१, २०८० बिहिबार १७:२०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले समयमा नै किसानहरुलाई रासयनिक मल उपलब्ध गराउन नसके समितिको छलफलको सार्थकता नरहेको बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले अहिलेको सिजनमा समयमा नै मल दिन नसके किसानप्रति सरकारले न्याय गरेको नठहरिने बताए।

सरकारले बजेट वा अन्य कुनैपनि बहानामा मल कृषकलाई दिन नसक्नु समग्र कषि प्रणालीकै लागि राम्रो नहुने उनले बताए। मल वितरण प्रणालीमा कुनै अनियमितता भएको भए अनियमितता गर्नेहरुलाई कारबाही गर्न आग्रह गरे। 

‘जस्टिल डिले इज जस्टिस डिनाइट भन्छ। हामीले समयमा न्याय दिन सकेनौँ भने त्यो न्याय दिएको अर्थ छैन। अहिले मलको छलफल चलिरहेको छ, हामीले छलफलमा मात्रै समय दिएर कृषकलाई अहिलेको सिजनमा मल दिन नसके यो छलफलको कुनै सार्थकता हुँदैन,’ उनले भने, ‘बजेटको वा कुनै बहानामा मल कृषकलाई दिन नसक्नु राम्रो हुँदैन। त्यसमा कुनै अनियमितता भएको छ भने कारबाही हुनुपर्छ। मललाई यो वा त्यो बहानामा आपूर्तिबाट रोक्ने काम गर्नु हुँदैन।’

सांसद कार्कीले नेपाल अनुदानको संस्कृतिमा रमाउने कुरामा बढी केन्द्रित हुँदै गएको र देशका उर्वर जमीनलाई सुख्खा जमीनमा परिणत गर्ने संस्कृति मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .