ad ad

राजनीति


३३ प्रतिशत मन्त्री महिला चाहिन्छ, एक-दुई जना नमूना राखेर हुँदैन : उपाध्यक्ष अर्याल

३३ प्रतिशत मन्त्री महिला चाहिन्छ, एक-दुई जना नमूना राखेर हुँदैन : उपाध्यक्ष अर्याल

नेपालखबर
असार १५, २०८० शुक्रबार १६:१०, काठमाडौँ

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई पुरुषसरहको अधिकार दिन नसकेसम्म महिलामाथि हुने हिंसा अन्त्य गर्न नसकिने बताएकी छन्।

शुक्रवार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला सांसदहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले महिलाका पार्टी बाहेकका साझा दायित्वहरु रहेकाले सबै एक भएर महिलाका हक हीतका लागि लड्नुपर्ने बताइन्।

उनले महिलालाई अधिकार दिलाउने नीति निर्माण गर्न आवश्यक रहेको बताइन्। सामाजिक आर्थिक रुपले आधारभूत तहको लैङ्गिक र सामाजिक, जातीय विभेदहरुको अन्त्य नगरेसम्म समुन्नत समाज निर्माण गर्न नसकिने बताइन्।

उपाध्यक्ष अर्यालले अब महिलाको लडाईं भनेको ३३ प्रतिशत वडा अध्यक्ष र मन्त्रीमण्डलमा पनि ३३ प्रतिशत हुनुपर्ने रहेको बताइन्।

उनले भनिन्, ‘अब हाम्रो लडाईं स्थानीय तहमा ३३ प्रतिशत वडा अध्यक्ष महिला चाहिन्छ र ३३ प्रतिशत कार्यकारी पद लिनुपर्छ । मन्त्री पनि ३३ प्रतिशत चाहिन्छ, एक दुई जना नमूना राखेर हुँदैन, ३३ प्रतिशत हुनुपर्छ, अझ हामी त ५१ प्रतिशत हुनुपर्ने हो।’

अर्यालले जबसम्म समान उपलब्धि हासिल हुँदैन, महिलामाथि हुने हिंसा पनि अन्त्य नहुने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .