ad ad

राजनीति


संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु हुँदैन : अध्यक्ष तिमिल्सिना

संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु हुँदैन : अध्यक्ष तिमिल्सिना

नेपालखबर
असार १५, २०८० शुक्रबार १६:१५, काठमाडौँ

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु नहुने बताएका छन्।

शुक्रबार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुक भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

‘आफूले संसदमा बोल्दा अग्रजहरुले यसरी बोल्नुभएको रहेछ भनेर हेर्न सकुन्। यस्तो नहोस् की आफूले बोलेको कुरा २ वर्षपछि के बोलेको होला भनेर आफैँलाई ग्लानी हुने गरेर नबोल्नु होला,’ उनले भने, ‘पक्ष, प्रतिपक्षमा हुँदा आरोप लगाउँदा कडै दिउँ भनेर जाँदा कडा कहिलेकाहीँ रेकर्डबाट नै हटाउनुपर्ने सम्मको कडा हुन्छ। रेकर्डबाट हटाउने भन्नेकुरालाई पनि फेसनको रुपमा लिनु हुँदैन।’

उनले संसदमा विषयवस्तुहरु राख्दा आफूलाई ग्लानी हुने किसिमको नबोल्न आग्रह समेत गरे। उनले संसदमा समयको पालना, विषयवस्तुमा केन्द्रित हुनुपर्ने कुरा प्राथमिकता बन्नुपर्ने पनि बताए।

‘समयको पालना, विषयवस्तुमा केन्द्रित भएर बोल्नुपर्छ। हामीले भोलिका दिनमा पनि काम गर्नुपर्छ। कानूनले संविधाले बाध्यता पारेका कुरामा मात्रै होइन, बाध्य नपार्दा पनि अपरिहार्य आवश्यकता हो भनेर अघि लैजानसक्ने गरी अघि बढाउनुपर्छ,’ उनले भने।

अध्यक्ष तिमिल्सिनाले विषयवस्तुमा केन्द्रित भएर सांसदहरुले आफ्ना धारणा राख्नु उचित हुनुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .