राजनीति


भारतका अतिरिक्त विदेश सचिवले गरे परराष्ट्रमन्त्रीसँग भेटवार्ता

भारतका अतिरिक्त विदेश सचिवले गरे परराष्ट्रमन्त्रीसँग भेटवार्ता

नेपालखबर
असार ३२, २०८३ बिहिबार १५:१२, काठमाडौँ

भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

उनले बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३औँ बैठकमा सहभागी हुन अतिरिक्त सचिव महावर नेपाल आएका थिए।  

भेटका क्रममा नेपाल र भारतबीचको घनिष्ठ तथा दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई आपसी हितका विभिन्न क्षेत्रमा अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी सहकार्य विस्तार गर्ने तथा साझा हितका क्षेत्रमा साझेदारीलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा विचार आदानप्रदान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad