ad ad

राजनीति


पहिचानवादीलाई योगेशले भने : एमालेलाई हमला गरेर कोशीको समस्या सुल्झिदैँन

पहिचानवादीलाई योगेशले भने : एमालेलाई हमला गरेर कोशीको समस्या सुल्झिदैँन

फाइल तस्बिर


नेपालखबर
असार १४, २०८० बिहिबार १७:५३, काठमाडौँ

नेकपा एमालेका सचिव योगेश भट्टराईले पहिचानवादीले आफूलाई कालोझन्डा देखाएको घटनालाई सामान्य रुपमा लिएको बताएका छन्। 

इलाम बजारमा पहिचानवादीले कालोझन्डा देखाउँदै आक्रमण प्रयास गरेपछि योगेशको यस्तो प्रक्रिया आएको हो। 

मदन भण्डारी फाउण्डेसन इलामले ७२ औँ मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जाँदै गर्दा उनलाई पहिचानवादीले इलाम बजारमा कालो झन्डा देखाइएको थियो। 

भट्टराईले एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी भएको बताउँदै आफूले कालोझन्डा देखाउने अधिकारकै लागि लामो समय संघर्ष गरेको पनि उल्लेख गरेका छन्। 

‘एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो। आज मलाई कालोझन्डा देखाउनेहरुको अधिकारका लागि म स्वयम् र मजस्ता लाखौँले लडेर ल्याएको विरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नुभएकोमा लोकतन्त्रको संघर्षमा हामीले बिताएको समयले सार्थकता पाएको अनुभूति भएको छ’, उनले भनेका छन्, ‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ। उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन। एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन।’ 

उनले कोशीको समस्या समाधानका लागि एमाले वार्ता र संवादका लागि हरबखत तयार रहेको पनि बताएका छन्। 

‘मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वयम् उहाँहरुका लागि पनि लज्जाको बिषय हो’, उनले भनेका छन्, ‘कार्यक्रम जिविस हलमा सानदाररुपमा सम्पन्न भएको छ। कांग्रेसका युवा नेता गुरु घिमिरे र मैले मुख्य वक्ताका रुपमा लोकतन्त्र र चुनौतीबारे मन्तब्य राख्यौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .