ad ad

राजनीति


एमाले सचिव भट्टराईमाथि इलाममा पहिचानवादीको आक्रमण प्रयास

एमाले सचिव भट्टराईमाथि इलाममा पहिचानवादीको आक्रमण प्रयास

नेपालखबर
असार १४, २०८० बिहिबार १६:४२, काठमाडौँ

नेकपा एमालेका सचिव योगेश भट्टराईलाई पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताहरुले इलाममा आक्रमण प्रयास गरेका छन्।

कोशी राखिएको प्रदेश १ को नाम पुन:नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमसहितको टोलीले भट्टराईलाई इलाम सदरमुकाममा आक्रमण प्रयास गरेका हुन्। 

७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा इलाममा आयोजित 'आजको लोकतन्त्र, उपलब्धी र चुनौती' विषयक अन्तरसंवादमा सहभागी हुने क्रममा भट्टराईमाथि आक्रमण प्रयास भएको हो। 

त्यस कार्यक्रमलाई सम्बोधनका लागि उनीसँगै नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे पनि पुगेका थिए। 

भट्टराई सवार गाडीमै आक्रमण प्रयास भएपछि प्रहरीले जोगाएको थियो। आक्रमण प्रयाससहित पहिचानपक्षधरहरुले भट्टराईलाई कालोझण्डा पनि देखाए। 

सशस्त्र प्रहरीले रोके पनि भट्टराई चढेको गाडी छेकेर पहिचानवादी कार्यकर्ताहरुले पहिचानविरोधी होसियार भन्दै नाराबाजी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .