ad ad

राजनीति


उपचारका लागि दिल्ली गएका पौडेलले भेटे भारतीय रक्षामन्त्री

उपचारका लागि दिल्ली गएका पौडेलले भेटे भारतीय रक्षामन्त्री

नेपालखबर
माघ १, २०७६ बुधबार ८:२७,

स्वास्थ्य उपचारका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक भेटघाटमा व्यस्त भएका छन्।

वरिष्ठ नेता पौडेलले बुधबार दिउँसो भारतका रक्षामन्त्री एवं भारतीय जनता पार्टीका पूर्वअध्यक्ष राजनाथ सिंहसँग भेटवार्ता गरेका छन्। नेता पौडेल रक्षामन्त्रीलाई भेट्न मन्त्रालयमै पुगेका थिए।

स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका पौडेलको यो पहिलो राजनीतिक भेटघाट हो। नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत रक्षामन्त्री सिंहसँगको भेटका बारेमा जानकारी दिएका हुन्।

पोडेलले भेटमा नेपाल भारतबीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्थामा छलफल भएको जानकारी दिए।

‘भारतका रक्षा मन्त्री एवं भाजपाका पूर्व सभापति माननीय राजनाथ सिंहसंग नयाँ दिल्लीमा भेटघाट, भेटमा नेपाल र भारतबीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्था बारे छलफल भएको छ’ पौडेलले फेसबुकमा लेखेका छन्।

वरिष्ठ नेता पौडेल रक्तचापमा उतारचढाव देखिएपछि उपचारका लागि सोमबार भारतको नयाँदिल्ली गएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .