ad ad

खेल


उपमेयर कप भलिबलको उपाधि कुँवरवर्तीलाई

उपमेयर कप भलिबलको उपाधि कुँवरवर्तीलाई

प्रकाश न्यौपाने
माघ १, २०७६ बुधबार ८:४,

रुपन्देहीको तिलोत्तमामा सम्पन्न प्रथम उपमेयर रनिङ कप खुला महिला भलिबल प्रतियोगिताको उपाधि तिलोत्तमा–८, प्रदीपनगरस्थित कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुलले हात पारेको छ।

तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा बुटवलस्थित एभरेस्ट बोर्डिङ स्कुललाई पराजित गर्दै कुँवरवर्तीले उपाधि चुमेको हो। एभरेस्ट उपविजेता बन्यो।

उपाधिसँगै कुँवरवर्तीले नगद २५ हजार र उपविजेता एभरेस्टले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। तृतीय हुने तिलोत्तमा–८, चार नम्बरस्थित नवज्योती इङ्गलिस बोर्डिङ स्कुलले नगद १० हजार र सान्त्वना हुने मणिमुकुन्द भलिबल क्लवले नगद ५ हजार रुपैयाँ प्राप्त गरेको छ।

दश टिमको सहभागिता रहेको प्रतियोगिता महिला खेलाडीलाई प्रोत्साहन गर्न लिग चरणको आधारमा खेल आयोजना गरिएको हो। विजयी टिमलाई तिलोत्तमाकी उप–प्रमुख जागेश्वरी चौधरीले पुस्कार प्रदान गरिन्। त्यसअवसरमा उपप्रमुख चौधरीले खेलकुदको विकासमा तिलोत्तमा नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .