ad ad

राजनीति


नागरिकताको कानुन बनाउन सबै सरकार र दल चुकेकै छन् : अमरेशकुमार सिंह

नागरिकताको कानुन बनाउन सबै सरकार र दल चुकेकै छन् : अमरेशकुमार सिंह

फाइल तस्बिर


नेपालखबर
असार ६, २०८० बुधबार १३:५, काठमाडौँ

प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काडमाडौंको माइतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरूमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भत्सर्ना गरेका छन्।

सांसद सिंहले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न पनि सरकारसँग माग गरे। 

बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शुन्य समयमा बोल्दै उनले नागरिकतासम्बन्धी विचाराधिन मुद्दालाई किनारा लगाउन ढिलाई गर्न सर्वोच्च अदालतको पनि गम्भीर ध्यानाकर्षण गराए।

‘कही दिनदेखि नागरिकता नपाएकाहरु माईतीघर मण्डलामा धर्नामा बसेका छन। साथसाथै संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनसनमा बस्नु भएको छ। उहाँ अहिले वीर अस्पतालमा हस्पिटलाइज हुनुहुन्छ,’ उनले भने, ‘एकातिर २०७२ मा संविधान जारी भयो। तत्काल नागरिकता कानुन बनाउनुपर्ने तर हाम्रा राजनीतिक दल, तत्कालीन सबै सरकार त्यसमा चुकेकै छन। जुन नागरिकसँग उचित व्यवहार हुनुपर्ने। त्यो पनि सरकारले गर्न सकिरहेको छैन। हिजो नै उनीहरुसँग जुट व्यवहार भएको छ। त्यसको भत्सर्ना गर्न चाहन्छु। किनकी कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस्। सरकारसँग माग गर्न चाहन्छु।’

सांसद सिंहले नागरिकता प्राप्तका लागि आन्दोलन गरिरहेका नागरिकमाथि प्रहरी दमन गर्नु कुनै पनि अर्थ उचित नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .