ad ad

राजनीति


हेलिकोप्टरमा पूर्व गएका प्रधानमन्त्री श्री एयरलाइन्सको विमानबाट काठमाडौं फर्किए

हेलिकोप्टरमा पूर्व गएका प्रधानमन्त्री श्री एयरलाइन्सको विमानबाट काठमाडौं फर्किए

नेपालखबर
असार ४, २०८० सोमबार १६:२२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेर फर्किएका छन्। आइतबार दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका प्रधानमन्त्री प्रचण्ड अवलोकनपछि फर्किएका हुन्।

हेलिकोप्टरमार्फत बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका प्रधानमन्त्री प्रचण्ड श्री एयरलाइन्समार्फत काठमाडौं फर्किएका हुन्। 

स्रोतका अनुसार मौसम प्रतिकुल भएपछि प्रचण्ड सहितको टोली सवार नेपाली सेनाको हेलिकोप्टर विराटनगरमा आकस्मिक अवतरण गरिएको थियो। 

संखुवासभाको तुम्लिङटारबाटपाँचथरतर्फ उडेको हेलिकोप्टर प्रतिकूल मौसमका कारण विराटनगरमा आकस्मिक अवतरण गरेको हो।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड श्री एयरलाइन्सको विमानमार्फत काठमाडौं फर्किएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। 

आजै अपरान्ह काठमाडौंमा हुने समाजवादी मोर्चा घोषणा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री श्री एयरलाइन्सको विमानमार्फत काठमाडौं फर्किएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .