राजनीति


ऋण काढेर घ्यू खाने खालको कार्यक्रम बनाएका छौं : पदम गिरी

ऋण काढेर घ्यू खाने खालको कार्यक्रम बनाएका छौं : पदम गिरी

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८० आइतबार १८:४३, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी रहेको बताएका छन्।

आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले वडाले पनि विनियोजन गर्न नसुहाउने खालको बजेट केन्द्रीय सकरकारले विनियोजन गरेको आरोप लगाए। उनले बजेट प्रतिफल आउने ठाउँमा हुन नसकेको बताए।

‘वडाले पनि विनियोजन गर्न नसुहाउने खालको कार्यविधि केन्द्रिय करकारले विनियोजन गरेको छ। अहिलेको पुँजीगत खर्च जुन छ, साढे ३ खर्ब अराउण्डको,’ गिरीले भने, ‘हामी त्यो भन्दा ठूलो आकारको वैदेशिक, आन्तरिक ऋण लिएर हामीले त्यो खर्च गर्दैछौँ। हाम्रो नियमित खर्च हाम्रो राजश्व परिचालनबाट धान्नसक्ने अवस्था छैन।’

उनले सरकारले बनाएका नीतिमा सरकार इमान्दारिताका साथ खरो रुपले उत्रिनसके मात्रै संघीयता बलियो बन्ने बताए।

‘यस्तो परिस्थितिमा हामीले वैदेशिक ऋण, आन्तरिक ऋण उठाएर पुँजीगत खर्च गर्दैछौँ। खर्च प्रतिफल दिने ठाउँमा भएको छैन। हामीले ऋण काढेर घ्यू खाने खालको कार्यक्रम बनाएका छौँ,’ उनले भने, ‘हामीले यसबाट समृद्धिको एक पाइला पनि अघि बढाउन सक्दैनौँ। हामीले संघीयतालाई कार्यान्वयन गर्ने हो भने सबैभन्दा पहिला वित्तीय संघीयतामा हामी प्रतिवद्ध हुनुपर्छ।’

प्रमुख सचेतक गिरीले वैदेशिक ऋण, आन्तरिक ऋण उठाएर पुँजीगत खर्च गरेपनि प्रतिफल आउने ठाउँमा लगानी हुन नसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad