ad ad

खेल


जिम्बाब्वेविरुद्ध गुलसन झाले लिए अर्को विकेट

जिम्बाब्वेविरुद्ध गुलसन झाले लिए अर्को विकेट

नेपालखबर
असार ३, २०८० आइतबार १८:४९, काठमाडौँ

आईसीसी विश्वकप छनोट अन्तर्गत जिम्बाब्बेविरुद्ध गुलसन झाले अर्को विकेट झारेका छन्। गुलसनले २३.२ ओभरमा वेस्ली माडभेरीको विकेट  लिदै नेपाललाई  जितको  आशा देखाएका छन्। 

दोस्रो विकेटका लागि  कप्तान इभिल्स र वेल्सीले ८२ रनको साझेदारी गरेका थिए। 

त्यसअघि आठौं ओभरको अन्तिम बलमा सोमपाल कामीले २५ रन बनाएका जोयलर्ट गुम्बीलाई एलबीडब्लु धरापमा पारे। 

पहिलो विकेटका लागि जोयलर्ट र कप्तान क्रेग इर्विनले ४५ रनको साझेदारी गरेका  थिए। 
कप्तान इर्विन ६२ रन बनाएर क्रिजमा छन्। 

नेपालले दिएको २९१ रनको लक्ष्य पछ्याएको जिम्बाब्बे २४.५  ओभरमा २ विकेट गुमाएर १  सय ३१  रन बनाएर  खेलिरहेको  छ। 

हरारे स्पोट्र्स क्लबमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९० रनको योगफल तयार पारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .