राजनीति


अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ : प्रेम आले

अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ : प्रेम आले

संसद् बैठकमा बोल्दै सांसद प्रेम आले। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १२:५२, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यस वर्ष पशुपतिनाथ पसेको बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले पशुपतिनाथ मन्दिरमा भएको अनियमितता छानबिन गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्री सुदन किराँतीले लुकाएको आरोप लगाए।  पशुपतिनाथमा पटकपटक भएका चोरी र लुटपाटमा संलग्न व्यक्तिलाई मन्त्री किरातीले जोगाएको आरोप उनले लगाए।

‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ। २०७९ माघ १४ मा पहिलोपटक अर्थमन्त्रालयमा तार काटियो। छानबिन समिति बन्यो,' उनले भने, 'छानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो। चोरलाई संरक्षण गरियो। घ्याम्पे दान पेटिका हरायो। मूर्ति तथा बहुमूल्य सम्पदा चोरिएको छ।'

उनले बायुसेवा निगम र नागरिक उड्ड्यन प्राधिकरणमा पनि अनिमियतता भएको भन्दै प्रश्न उठाए।

महालेखाको प्रतिवेदनमा वायुसेवा निगम १ अर्ब ७० करोड घाटामा र ५० अर्ब ऋणमा रहेको बताए पनि किराँतीले ३ अर्ब कमायो भनेर ढाँटेको भन्दै उनले पर्यटनमन्त्रीको जवाफ पनि माग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad