राजनीति


मुख्यसचिवमा वैकुण्ठ अर्याल, शंकरदास वैरागी बने राष्ट्रिय सुरक्षा सल्लाहकार

मुख्यसचिवमा वैकुण्ठ अर्याल, शंकरदास वैरागी बने राष्ट्रिय सुरक्षा सल्लाहकार

नेपालखबर
जेठ ३२, २०८० बिहिबार १०:३७, काठमाडौँ

सरकारले मुख्यसचिवमा डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएको छ भने यसअघिका मुख्यसचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्‌को सल्लाहकार पदमा नियुक्त गरेको छ। 

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव बनाउँदै वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। 

मन्त्रिपरिषद्को बैठकपछि परराष्ट्रमन्त्री एनपी साउदले उक्त जानकारी दिएका हुन्। 

नवनियुक्त मुख्यसचिव अर्यालले उद्योग सचिव, सञ्चार सचिव र प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव भएर काम गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .