राजनीति


पशुपति पुगेर प्रचण्डले जल चढाए, महादेवको पूजा गरे (तस्बिरहरू)

पशुपति पुगेर प्रचण्डले जल चढाए, महादेवको पूजा गरे (तस्बिरहरू)

नेपालखबर
जेठ २७, २०८० शनिबार १९:४९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार साँझ पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। आफ्नो क्याबिनेटका केही मन्त्रीहरूसहित प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथ पुगेका थिए।

उनलाई पशुपतिनाथमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव लगायतले स्वागत तथा बिदाई गरेका थिए। 

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरमा जल चढाएका थिए। साथै, उनले महादेव र शिवको पूजा समेत गरेका छन्। 

उनी झण्डै १ घन्टाजति पशुपतिमा बसेको स्रोतको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, पररराष्ट्रमन्त्री एनपी साउद, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायत पनि पशुपति पुगेका थिए।

भारतको चारदिने भ्रमणमा रहँदा प्रचण्डले धार्मिक भ्रमण गरेको भन्दै चर्को आलोचना भएको थियो। उनले भारतको मध्य प्रदेशस्थित उज्जैन सहरमा रहेको प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड आजै (शनिबार) नुवाकोट पुगेका थिए। उनी त्यहाँ पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए। 

लगत्तै काठमाडौं फर्किएका प्रधानमन्त्री प्रचण्ड टुँडिखेलमा आयोजित अर्केष्ट्रा–११४३ प्रस्तुती समारोहको उद्घाटनमा सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .