राजनीति


पशुपतिनाथ पुगे प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

पशुपतिनाथ पुगे प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

तस्बिर : भुवन चालिसे


नेपालखबर
जेठ २७, २०८० शनिबार १८:१२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथ पुगेका छन्। उनी केहीबेर अघिमात्र पशुपतिनाथ मन्दिर पुगेको स्रोतले नेपालखबरलाई जानकारी दियो। 

प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, पररराष्ट्रमन्त्री एनपी साउद, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायत पनि पशुपति पुगेका छन्।

‘प्रधानमन्त्री पशुपतिनाथ पुग्नु भएको छ,’ स्रोतले नेपालखबरसँग भन्यो। उनले त्यहाँ पुजा अर्चना के गर्छन् भन्ने खुलेको छैन।

भारतको चारदिने भ्रमणमा रहँदा प्रचण्डले धार्मिक भ्रमण गरेको भन्दै चर्को आलोचना भएको थियो।

प्रधानमन्त्री प्रचण्ड आजै (शनिबार) नुवाकोट पुगेका थिए। उनी त्यहाँ पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए। 

लगत्तै काठमाडौं फर्किएका प्रधानमन्त्री प्रचण्ड टुँडिखेलमा आयोजितअर्केष्ट्रा–११४३ प्रस्तुती समारोहको उद्घाटनमा सहभागी भएका थिए।

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .