राजनीति


नक्कली शरणार्थी प्रकरणबारे ‘बृहत् नागरिक आन्दोलन’ले गृहमन्त्रीको ‘विशेष ध्यानाकर्षण’ गराउने

नक्कली शरणार्थी प्रकरणबारे ‘बृहत् नागरिक आन्दोलन’ले गृहमन्त्रीको ‘विशेष ध्यानाकर्षण’ गराउने

फाइल तस्बिर : गृहमन्त्री श्रेष्ठ


नेपालखबर
जेठ २६, २०८० शुक्रबार १०:२४, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाबारे आज ‘बृहत् नागरिक आन्दोलन’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ‘विशेष ध्यानाकर्षण’ गराउने भएको छ। 

उक्त प्रकरणमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ। जसमध्ये पक्राउ परेका १८ अभियुक्तका विषयमा थुनछेक बहस जारी छ। अभियोग दायर गर्ने सरकारी वकिल तथा पीडितका तर्फबाट ३ दिन बहस भएपछि गत बुधबारदेखि प्रतिवादीका तर्फबाट प्रतिरक्षा बहस भइरहेको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जना प्रहरीको हिरासतमा छन् भने फरार १२ जनालाई प्रहरीले खोजिरहेको छ। 

यसैबीच नागरिक समाजद्वारा गठित ‘बृहत् नागरिक आन्दोलन’ले यस विषयमा गृहमन्त्री श्रेष्ठको ध्यानकर्षण गराउने भएको हो।  बिहान ११ बजे गृहमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यतालिका रहेको छ। त्यसपछि गृहमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराइने नागरिक आन्दोलनले जनाएको छ।

गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग भेट्ने तयारी आन्दोलनले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .