ad ad

राजनीति


सांसद खतिवडाको प्रश्न : अवकाशप्राप्त कर्मचारीलाई कसको इन्ट्रेस्टमा अर्थ मन्त्रालयमा राखियो?

सांसद खतिवडाको प्रश्न : अवकाशप्राप्त कर्मचारीलाई कसको इन्ट्रेस्टमा अर्थ मन्त्रालयमा राखियो?

नेपालखबर
जेठ २३, २०८० मंगलबार १५:२३, काठमाडौँ

सांसद रामहरि खतिवडाले एक जना अवकाशप्राप्त कर्मचारीलाई किन अर्थमन्त्रालयमा राखियो भनी प्रश्न गरेका छन्।

बजेटमा करका दर हेरफेर भएको भन्ने चर्चा चलिरहेका बेला सांसद खतिवडाले अवकाशप्राप्त कर्मचारी रामकृष्ण श्रेष्ठलाई अर्थ मन्त्रालयमा राखिएकोबारे अर्थमन्त्रीको जवाफ मागेका हुन्।

‘अर्थ मन्त्रालयमा एक जना कर्मचारी रामकृष्ण श्रेष्ठलाई २०७९ फागुन १९ गतेका दिन सरकारले निर्णय गरेर नियुक्त गरेको देखिन्छ। त्यतिखेर अर्थमन्त्री को थियो, सचिव को थिए? २ वर्ष अगाडि रिटायर्ड भएका कर्मचारीलाई त्यहाँ नियुक्ति गर्नु पर्ने जरुरी के पर्यो?’ उनले भने, ‘२ वर्ष अगाडि अवकास पाक्यो। २०७९ फागनु २५ गतेदेखि लागू हुने गरी उसको म्याद २०८० साल असार मसान्तसम्म रहने गरी महिनाको ३४ हजार ४३० रुपैयाँ तलब पाउने गरी नियुक्ति गरिएको छ। त्यो कसको इन्ट्रेस्टमा किन नियुक्ति गरिएको हो त्यसको जानकारी म अर्थमन्त्रीसँग माग्न चाहन्छु।’  

सांसद खतिवडाले ति कर्मचारीलाई बेरुजु विशेषज्ञका रुपमा नियुक्त गरिएको र उनको सम्बन्ध भन्सार विभागको शाखा अधिकृत घनश्याम तिमिल्सिनासँग रहेकोबारे आशंका व्यक्त गरेका हुन्।

उनले भने, ‘पहिलो पक्ष घनश्याम तिमिल्सिना भन्ने मान्छे भन्सार विभागको शाखा अधिकृत र दोस्रो पक्ष रामकृष्ण श्रेष्ठ जो ललितपुर महानगरपालिका १३ कुसन्ती बस्नेको बीच सहमति भएको देखिन्छ। यो अवस्थामा कतिपय कुराहरु यहाँ आएका छन्। के का लागि, कल्ले किन नियुक्ति गरियो र कसको पालामा नियुक्त गरियो र यसलाई निरन्तरता दिनु पर्ने कार्य के हो? त्यसको जवाफ म अर्थमन्त्रीबाट जान्न चाहन्छु।’

बेरुजु विशेषज्ञ नियुक्त गर्दा उनलाई कार्यक्षेत्र चालु आर्थिक प्रकाशन परिचय पत्र संग्राहलय अवधि गरी छापाखाना पठाउने, भन्सारको राजश्व छुटको प्रभाव अध्ययन गर्न, तथ्यांक अध्ययन गर्न तथा विश्लेषण गर्ने अधिकार दिइएको उनले बताए।

त्यतिमात्र होइन आर्थिक ऐन २०८० को तर्जुमा गर्न प्रारम्भिक मस्यौदा तयार गर्न भन्सारको उपसमितिको सचिवालयमा राय सुझाव संकलन सम्बन्धी कार्य गर्ने अधिकार दिएर तत्कालीन अवस्थामा के का लागि नियुक्ति गरियो भन्दै सांसद खतिवडाले अर्थमन्त्रीसँग जवाफ दिन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .