राजनीति


पार्टी विधि र नियममा चलेन, सबैले काम गरौं : प्रकाशमान सिंह

पार्टी विधि र नियममा चलेन, सबैले काम गरौं : प्रकाशमान सिंह

नेपालखबर
जेठ २०, २०८० शनिबार १५:३२, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताएका छन्। शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै विधिसम्मत रुपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको बताए। 

उनले अबको समयमा पार्टीलाई विधिसम्मत रुपमा अघि बढाउने हो भने कांग्रेसले कुनैपनि पार्टीको चुनौतिलाई सहनु नपर्ने बताए। 

उनले कांग्रेस पार्टी राम्रो विचारधारा भएको अन्य कुनै पार्टी नरहेको जिकिर गरे।

‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ। विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्न पर्दैन थियो। अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरु पार्टीको चुनौति सामना गर्नु पर्नेछैन,’ उनले भने, ‘बाँकी समय केन्द्रिय कार्यसमिति, पार्टी सभापतिज्युले सम्पन्न गर्नुपर्ने, पदाधिकारीले गर्नुपर्ने सबै काम गरेर बाँकी समयलाई नेपाली काँग्रेस आउने दिनको चुनौति सशक्त रुपमा निभाउँछ भन्नेमा हामी लाग्नुपर्छ।’

उनले कांग्रेस लामो इतिहास भएको पार्टी रहेको पनि बताए। 

‘पार्टी लामो इतिहास भएको पार्टी हो। कांग्रेस पार्टीको जस्तो विचारधारा अरु कुन पार्टीको छ र? तर चल्दा तलमाथि भइरहन्छ। हामीले अब धेरै ढिला गर्नु हुँदैन, समय रहँदै एक्ट गरौँ, सबैले गर्ने काम आफूले गरौँ,’ सिंहले भने।

नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरुबीच समन्वय हुन आवश्यक देखिएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .