ad ad

राजनीति


माओवादीकै नेता भ्रष्टाचारमा परे आश्चर्य नमान्नू, कारबाही हुन्छ : गृहमन्त्री

सरुवा, बढुवा भनेर नागरिक झुक्याउनेलाई जेल हाल्ने चेतावनी
माओवादीकै नेता भ्रष्टाचारमा परे आश्चर्य नमान्नू, कारबाही हुन्छ : गृहमन्त्री

फाइल तस्बिर


नेपालखबर
जेठ २०, २०८० शनिबार १५:३९, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन्। शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि कारबाही हुने बताए। उनले आफू राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्ने पनि बताए। 

‘तपाईहरुले अहिले भर्खरै देख्नुभएको छ, आफ्नै देशका नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ सम्पती आर्जन गर्नका लागि अर्को देशमा शरणार्थी बनाएर पठाउने जुन योजना थियो,’ गृहमन्त्री श्रेष्ठले भने, ‘त्यो योजना अनुसन्धान, स्वतन्त्र, निष्पक्ष रुपमा गरेर दोषीमाथि कारबाही हुनुपर्छ भनेर गृह मन्त्रालय र नेपाल प्रहरीले न्यायालयमा पेस गर्ने प्रक्रिया भएको छ। हामी आशा गर्छौं, पीडितलाई न्याय दिने, हाम्रो अनुसन्धान खेर जाने छैन।’

उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको बाधकका रुपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने बताए। 

उनले आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र) का नेताहरु पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको बताए। 

उनले कसैले बढुवा, सरुवाको निम्ति अनियमितता गरेर रकम दिने र लिनेलाई नै जेल हाल्ने बताए।

‘हामीले एक दुई वटा राम्रा काम गरेका छौँ भनेर विश्राम गर्ने पक्षमा छैनौँ। हामी सुशासनको स्थापना गर्न कुन पार्टीको को पर्छ मर्ला थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको माओवादीको कोही पर्ला भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला,’ मन्त्री श्रेष्ठले भने।

राज्यका अरु अंगहरुले पनि सकारात्मक निर्णय गर्ने आशा गर्नुपर्ने उनले बताए। 

‘नयाँ ढंगले काम गर्दैछौँ। सबैको सहयोग चाहिएको छ। हामीले संस्थागत र प्रणालीगत रुपमा काम गर्न जरुरी छ। खबरदार अब कोही कसैले बढुवा, सरुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने दिनेलाई र लिनेलाई नि जेल हाल्छु,’ उनले ने।

उहाँले आफू सयौँ पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .