राजनीति


‘गुट समाप्त नभए पार्टी समाप्त हुन्छ’

‘गुट समाप्त नभए पार्टी समाप्त हुन्छ’

नेपालखबर
पुस २७, २०७६ आइतबार १४:३,

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले गुट समाप्त नभएमा पार्टी समाप्त हुने बताएकी छन्। गिरिजाप्रसाद कोइराला फाउण्डेशन भक्तपुरले आज यहाँ आयोजना गरेको ‘जिपी कोइरालाको जीवनवृत्त एवं परिचर्चा’ विषयक अन्तरक्रियामा उनले कांग्रेस बनाउन कांग्रेसभित्रका गुटलाई समाप्त गर्नुपर्नेमा जोड दिइन्।

फाउण्डेशनका केन्द्रीय अध्यक्ष कोइरालाले बहस र छलफलका माध्यमबाटै पार्टीभित्रको समस्या समाधान गरी अघि बढ्नुपर्छ भन्दै देशको सीमा मिचिँदा सरकारसँगै कांग्रेस नेतृत्वले पनि आवाज उठाउनुपर्नेमा चुकेको बताइन्। कोइरालाले देशको सीमा मिचिँदा सरकार भने राष्ट्रवादको कुरामै सीमित भएको आरोप लगाउँदै भनिन्, ‘देशको भूमि छिमेकीले हडपिसक्यो तर सरकार भने एक इञ्च पनि छोडिँदैन भनेर राष्ट्रवादको स्वाङ गरिरहेको छ।’

कार्यक्रममा अर्थशास्त्री डा विश्व पौडेलले नेपालको आर्थिक विकासको इतिहाससँगै हाल चर्चामा रहेको अमेरिकी सहयोग कार्यक्रम एमसिसीबारे विस्तृत चर्चा गरिन्।

पूर्वराजदूत जयराज आचार्यले सङ्क्रमणकालीन अवस्थामा पनि प्रधानमन्त्री भएका बेला गिरिजाप्रसाद कोइरालाले देशको आर्थिक विकासमा जोड दिएको बताए। कार्यक्रममा कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा र फाउण्डेशनका भक्तपुर अध्यक्ष विदुरमानसिंह बस्नेतले नेपाली राजनीतिमा स्व कोइरालाको योगदानबारे चर्चा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad